neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड लिभरपुलसँग पराजित

May 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३१ वैशाख


ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल, डियोगो जोटा र मोहम्मद सालेहले एक-एक गोल गरे ।म्यानचेस्टर युनाईटेडका ब्रुनो फर्नांडीस र मार्कस रासफोर्डले एक-एक गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो । खेलको १० औं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर,खेलको ३४ औं मिनेटमा लिभरपुलका डियोगो जोटाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका रोबर्टो फिर्मिनोले गोल गर्दै गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ४७ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

खेलको ६८ औं मिनेटमा युनाईटेड मार्कस रासफोर्डले गोल गर्दै ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा लिभरपुलकामोहम्मद सालेहले गोल गर्दै टोलीलाई ४-२ को सहज जित दिलाए ।

हारपछि पनि म्यानचेस्टर युनाईटेडको ३६ खेलबाट ७० अंक छ र दोस्रो स्थानमा छ ।लिभरपुलको ३५ खेलबाट ६० अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi