neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ८ हजार ९६० जनामा कोरोना सङ्क्रमण, ५०५५ जना डिस्चार्ज,२१४ को मृत्यु

थप ८ हजार ९६० जनामा कोरोना सङ्क्रमण, ५०५५ जना डिस्चार्ज,२१४ को मृत्यु

May 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, बैशाख ३०

बिहीबार थप ८ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २० हजार २४५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या चार लाख ३१ हजार १९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २० हजार २४५ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४९७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना छन् । हालसम्म २७ लाख १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५०५५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५०५५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख २१ हजार ५१८ पुगेको छ ।

थप २१४ को मृत्यु

पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ४६६ पुगेको छ।