neapl investment mega bank

१० अंकले बढ्यो नेप्से

May 13th, 2021

काठमाडौ, बैशाख ३०

नेप्से आज बिहिबार पनि बढेको छ । नेप्से आज १० दसमलव १३ अंकले बढेर २६ सय ८४ दसमलव एक अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव १२ अंकले बढेर चार सय ७९ दसमलव ५० अंकमा बढेको छ । दुई सय १८ वटा कम्पनीहरुको ८६ हजार दुुई सय ९६ पटकको कारोवारमा दुई करोड १९ लाख ५५ हजार नौ सय ४५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब १२ करोड ६८ लाख ८५ हजार दुुई सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले कमाएकाछन भने चार वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव २८ अंकले बढेर १७ सय ८५ दसमलव २१ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । टे«डिङ समुहको सुचक भने आज २३ दसमलव ८६ अंकले घटेर तीन हजार नौ सय ८२ दसमलव ४७ अंकमा झरेकोमा होेटल तथा पर्यटन, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा दिव्यश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।