neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इटालियन सिरी ए: युभेन्ट्सको सहज जित

May 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३० वैशाख

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन एड्रियन रबीओट,क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एक-एक गोल गरे ।सासोउलोका जियाकोमो रास्पोडोरिले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो । खेलको २८ औँ मिनेटमा युभेन्ट्सका ड्रियन रबीओटले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५९ औं मिनेटमा सासोउलोका जियाकोमो रास्पोडोरिले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा युभेन्ट्सका पाउलो डिबालाले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्सले ३६ खेलबाट ७२ अंक जोडेको छ र पाँचौं स्थानमा छ । पराजित सासोउलोको ३६ खेलबाट ५६ अंक छ र आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi