neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिकोलाई ४ अंकको अग्रता

शीर्ष स्थानको एट्लेटिकोलाई ४ अंकको अग्रता

May 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३० वैशाख

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ४ अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-१ गोलले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन यानिक कारास्को र एन्जल कोरियाले एक-एक गोल गरे।सोसिडाडको इगोर जुबेल्डियाले एक गोल फर्काएका थिए।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो । खेलको १६ औं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।खेलको २८ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ८३ औं मिनेटमा सोसिडाडका इगोर जुबेल्डियाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि कुनै गोल हुन सकेन र एट्लेटिकोले जित निकालेको हो ।

जितसँगै एट्लेटिकोले ३६ खेलबाट ८० अंक जोडेको छ र शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको बार्सिलोनाको ३६ खेलबाट ७६ अंक छ ।पराजित सोसिडाडको ३६ खेलबाट ५६ अंक छ र पाँचौं स्थानमा छ ।एट्लेटिकोले अब बाँकी दुई खेलमा जित निकाले उपाधि हात पार्ने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi