काठमाडौ, बैशाख २९
मुुलुकको कुुल निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले आज बुुधवार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी नौ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात २० दसमलव दुुई प्रतिशतले बढेर ९४ अर्ब ७७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दसमलव नौ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः २३ दसमलव पाँच प्रतिशत र १४ दसमलव पाँच प्रतिशतले निर्यात बढेको छ भने चीनतर्पmको निर्यातमा २७ दमसलव तीन प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा कुल वस्तु आयात १३ दसमलव एक प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात सात दसमलव पाँच प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २० दसमलव तीन प्रतिशत र सात दसमलव सात प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा दुई दसमलव तीन प्रतिशतले कमी आएकोे छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । यसैगरी राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनाामा महिनामा कुल वस्तु व्यापार घाटा १२ दसमलव पाँच प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दसमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो । चालुु आर्थिक बर्षको पछिल्लो नौ महिनामा विप्रेषण आप्रवाह १६ दसमलव पाँच प्रतिशतले वृद्धि भई सात खर्ब २९ अर्ब २ करोड पुगेको छ ।