neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारको मासिक खर्च ७६ अर्ब, ढुकुटीमा रहेको रकमले कति समय धान्छ खर्च ?

सरकारको मासिक खर्च ७६ अर्ब, ढुकुटीमा रहेको रकमले कति समय धान्छ खर्च ?

May 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २९ वैशाख

सरकारले अहिलेसम्म करिब ७ खर्ब ९४ अर्ब रकम खर्चेको छ । मासिक रुपमा हेर्ने हो भने ७६ अर्ब बराबरकोे खर्च गरेको छ । यता सरकारको ढुकुटीमा भने अहिले ८५ अर्ब ३५ करोड रकम छ ।

यसअघि ९ महिनामा भएको खर्च हेर्ने हो भने अहिले ढुकुटीमा भएकोे रकम एक महिनामा आवश्यक पर्ने खर्चभन्दा ९ अर्ब मात्रै बढि हो ।

अहिले त कोरोना महामारीको दोस्रो लहर फैलिएकाले बिगतका महिनामा भन्दा सरकारले थप रकम खर्चनुपरेको देखिन्छ । राजस्वको मूख्य स्रोत आयात, निषेधाज्ञाका कारण खपतमा हुने कमिले प्रभावित हुने देखिन्छ ।

खोप,औैषधि,आइसियु कक्ष तथा अक्सीजनका लागि राज्यले ठूलो खर्च गर्नुपर्ने देखिएको छ । त्यसैले भविष्यमा आउने जोखिम नियन्त्रणका लागि सरकारले अहिले नै आन्तरिक ऋण तथा राष्ट्र बैंकबाट अधिबिकर्ष लिनुपर्ने देखिएको छ ।

सरकारले यो वर्ष २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकामा अहिलेसम्म १ खर्ब १२ अर्ब ५० करोड मात्रै उठाएको छ । अर्थात आन्तरिक ऋण उठाउन अझ आधा रकम उठाउने स्थान छ । त्यस्तै सरकारले गत वर्षको राजस्वको ५ प्रतिशत बराबरको रकम राष्ट बैंकबाट अधिबिकर्षको रुपमा लिने प्रावधानका कारण ३९ अर्ब यसबाट जुटाउन सक्छ ।

खोप तथा उपचारका लागि आवश्यक पर्ने अन्य सामाग्री खरिद गर्नका लागि आवश्यक पर्ने विदेशी मुद्रा भने सन्तोषजनक अवस्थामा रहेको राष्ट्र बताउँछ । फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड विदेशी मुद्रा छ जसले ११.३ महिनाको आयात धान्न सक्छ ।

स्वास्थ्य मन्त्रालयको ध्यान अहिले जनताको उपचारमा केन्द्रित हुन जरुरी छ । यता अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यान भने आगामी दिनमा स्रोतमा संकट नआओस् भनेर त्यसको जोहोको लागि लाग्नु पर्छ ।