neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड घरेलु मैदानमा पराजित

May 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २९ वैशाख

ईङ्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । मंगलबार राति भएको खेलमा लेष्टरले युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको घरेलु मैदानमा लेष्टर सिटीलाई जित दिलाउन लुक थॉमस र कैगलर सोयंकयुले एक- एक गोल गरे ।म्यानचेस्टर युनाईटेडका मेसन ग्रीनवुडले एक गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता लेष्टरले लिएको थियो । खेलको १० औं मिनेटमा लुक थॉमसले गोल गर्दै लेष्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर,खेलको १५ औं मिनेटमा युनाईटेडका मेसन ग्रीनवुडले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६६ औं मिनेटमा लेष्टरका कैगलर सोयंकयुले गोल गर्दै गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र लेष्टर सिटीले जित निकालेको हो ।

युनाईटेड पराजित भयसँगै म्यानचेस्टर सिटीले तीन खेल बाँकी छहदै लिगको उपाधि जितेको छ । सिटीले पाँचौं पटक प्रिमियर लिग फुटबलको उपाधि जितेको हो ।

हार पछि पनि म्यानचेस्टर युनाईटेडको ३५ खेलबाट ७० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।लेष्टर सिटीको ३६ खेलबाट ६६ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi