neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकियो

बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकियो

May 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २९ वैशाख

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको खेलमा बार्सिलोनालाई लेभान्टेले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सी ,पेड्री र औसमेन देम्बेलेले एक गोल गरे भने लेभान्टेको गोंज़ालो मेलेरो,जोस लुइस र सर्जिओ लिओनले एक९एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको २५ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ३४ औं मिनेटमा पेड्रीले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५७ औं मिनेटमा लेभान्टेका गोंज़ालो मेलेरोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ५९ औं मिनेटमा लेभान्टेका जोस लुइसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ६४ औं मिनेटमा बार्सिलोनाका औसमेन देम्बेलेले गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।

तर,खेलको ८३ औं मिनेटमा लेभान्टेका सर्जिओ लिओनले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरी सँगै बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ र दोस्रो स्थानमा छ।लेभान्टेको ३६ खेलबाट ४० अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi