neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अक्सिजनको चरम अभाव :बेलझुण्डीमा आठको ज्यान गयो

अक्सिजनको चरम अभाव :बेलझुण्डीमा आठको ज्यान गयो

May 11th, 2021

दाङ, २८ वैशाख /रासस

कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका एक/एक जना रहेका छन् ।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म सङ्क्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।

पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाउनुभएको छ । उहाँले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गर्नुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi