neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटी एक्सप्रेस मार्फत अष्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने

सिटी एक्सप्रेस मार्फत अष्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने

May 11th, 2021

काठमाडौ, बैशाख २८

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कम्पनीका अनुसार नेपालमा कोभिड–१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने सुविधा सुरु गरिएको हो । त्यसरी पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पु¥याउने योजना ल्याएको छ ।

मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेबसाइटबाट पठाउन सकिने कम्पनीले जानकारी दिएको छ । कोभिड – १९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोच ले योे योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।

अहिले अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।