neapl investment mega bank
  • गृहपृष्ठ
  • सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक (भिडियाे)

सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक (भिडियाे)

May 11th, 2021

काठमाडौ, बैशाख २८

सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनको छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । गीतलाई विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लेखेका हुन् ।

यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ ।

नेपाली गीत संगीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन् । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका हुन् ।