neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ९ हजार ४८३ जनामा कोरोना सङ्क्रमण, ५२२५ जना डिस्चार्ज,२२५ को मृत्यु

थप ९ हजार ४८३ जनामा कोरोना सङ्क्रमण, ५२२५ जना डिस्चार्ज,२२५ को मृत्यु

May 11th, 2021

काठमाडौ, बैशाख २८

मंगलबार थप ९ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २१ हजार ३१६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ३१६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४४८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना छन् । हालसम्म २६ लाख ७२ हजार ७२६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५२२५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५२२५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख १२ हजार १९ पुगेको छ ।

थप २२५ को मृत्यु

पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ८४ पुगेको छ।