neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

May 11th, 2021

काठमाडौ, बैशाख २८

अक्सिमिटर कालोबजारी गरेको अभियोगमा सात सात जना पक्राउ परेकाछन । कोभिड १९ को बिश्व महामारीको फाईदा उठाउँदै बिभिन्न औषधीजन्य पसल एवं फर्माहरुले आम सर्वसाधारणहरुलाई बजार मुल्य भन्दा अधिक मुल्य लिई नक्कली अक्सिमिटर खरिद बिक्री गरी कालोबजारी गरेको अभियोगमा सिन्धुुलीको कमलामाई स्थायी घर भई हाल काठमाडौंको बल्खु बस्ने बायोप्लस फर्मा कुुलेश्वरका सञ्चालक २९ बर्षिय शिखर श्रेष्ठ, बाजुुराको खप्तड गाउँपालिका घर भई हाल ललितपुरको कुुपण्डोल बस्ने २१ बर्षिय थुमराज उपाध्याय, स्याङजाको पञ्चमुुल घर भई हाल ललितपुर बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक २७ बर्षिय शेषकान्त अधिकारी, सुनसरीको इनरुवा घर भई हाल काठमाडौको अनामनगर बस्ने आहा इन्डष्ट्रियल कम्पनीमा कार्यरत ४४ बर्षिय बिशाल आचार्य, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भई हाल काठमाडौको बागबजार बस्ने २१ बर्षिय सन्तोष भण्डारी र भारतको राजस्थान झुनझुन घर भई हाल काठमाडौको ढुंगेअड्डा बस्ने ५५ बर्षिय जगदिश प्रसाद रानासरिया समेतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा मिनभवनले जानकारी दिएको छ ।

महाशाखाका अनुससार पक्राउ परेका व्यक्तिहरुउपर अनुसन्धान गर्दाँ आहा इन्डष्ट्रियल कम्पनीमा काम गर्ने बिशाल आचार्यले डि एण्ड डी इन्टरपाईजेज न्युरोडमार्फत चीनबाट मास्कको तुना ल्याउँदा तुुनाको बक्सभित्र लुकाईछिपाई उक्त अक्सिमिटरहरु ल्याएको खुल्न आएको छ । ति अक्सिमिटहरुको बजार मुल्य छ, सात सय रुपैयाँ पर्ने भएपनि उनीहरुले त्यसको मुल्या २२ सय २० रुपैयाँसम्म कायम गरी बिक्री गरेको पनि अनुसन्धानबाट खुुलेको छ ।

पक्राउ परेकाहरुको संलग्नता रहेको कम्पनीहरु मध्ये बायोप्ल फार्मेसी कुुलेश्वरबाट ८५ थान, नानोटेक फर्मा थापाथलीबाट २४ थान, चिरायुु केडी ग्रुुपबाट नौ थान, जगदिश प्रसाद रानासरियाको साथबाट तीन सय ९६ थान, सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटरहरु बरामद भएको महाशाखाले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi