काठमाडौ, बैशाख २८
कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुुने भएकाछन । बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना हुनुभएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।
नर्भिकमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको थियो । यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो ।
चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुुन लागेका हुुन । नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।