neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लोकसेवा आयोगमा रेग्मी र समावेशी आयोगमा डा तिमिल्सेना सिफारिश

लोकसेवा आयोगमा रेग्मी र समावेशी आयोगमा डा तिमिल्सेना सिफारिश

May 10th, 2021

काठमाडौँ, २७ वैशाख /रासस

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको छ ।

परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा हरि पौडेल ९बाग्लुङ० र डा सुमित्रा श्रेष्ठ ९ललितपुर० को नाम सिफारिश गरेको छ ।

त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा ९रुपन्देही० तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला ९पाँचथर० र सुधाकुमारी झा ९धनुषा० लाई नियुक्तिका लागि सिफारिश गरिएको छ । राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे ९धनुषा० र सावित्राकुमारी शर्मा तिवारी ९पर्वत० लाई नियुक्तिका लागि सिफारिश गरिएको छ ।

राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी ९काठमाडौँ०, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमिल्सेना ९कास्की० तथा सदस्यमा पुष्पराज तिमिल्सिना ९पर्वत० र मानप्रसाद खत्री ९बझाङ० लाई सिफारिश गरिएको छ । त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ ९खोटाङ०, मधेशी आयोगका सदस्यमा आभा कुमारी ९सप्तरी०, थारु आयोगका सदस्य डा उमाशंकर चौधरी ९नवलपरासी, बर्दघाट सुस्तापश्चिम०, मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक ९सर्लाही० सिफारिश गरिनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएको छ । पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi