neapl investment mega bank
  • गृहपृष्ठ
  • “आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौंँ र समाधान गरौंँ”: प्रम ओली

“आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौंँ र समाधान गरौंँ”: प्रम ओली

May 10th, 2021

काठमाडाँैं, २७ वैशाख /रासस

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।

उहाँले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराउनुभएको छ ।

“आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गराँैं र समाधान गरौंँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।