neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वर्षका ९ महिना बित्दा पुनर्निमाण प्राधिकरणले आधा पनि रकम खर्चन सकेन , प्रचारमूखि काममा जोड

वर्षका ९ महिना बित्दा पुनर्निमाण प्राधिकरणले आधा पनि रकम खर्चन सकेन , प्रचारमूखि काममा जोड

May 10th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २७

सरकारले पुननिर्माणमा तिब्रता दिएको बताइरहेको छ । तर त्यो पुनर्निर्माण भनेको धरहरा र रानीपोखरी मात्रै होइन । पुर्ण रुपमा काम नसक्दै धरहरा उद्घाटन गर्न लगाउने पुननिर्माण प्राधिकरणले वर्षको ९ महिना बित्दासम्म जम्मा ४६ प्रतिशत मात्रै रकम खर्चेको छ ।

यो वर्ष सरकारले ६० अर्ब ५३ करोड पुनर्निमाणका लागि बजेट छुट्टाएको थियो । जसमध्ये अहिलेसम्म ४६ प्रतिशत मात्रै अर्थात २८ अर्ब १३ करोड मात्रै खर्च गरेको छ ।

यसमा पनि भौतिक संरचना निर्माणका लागि भनेर ३८ अर्ब रकम छुट्टाइएको थियो । जसमध्ये अहिलेसम्म ३८ प्रतिशत अर्थात १४ अर्ब ८१ करोड मात्रै खर्चेको छ । हुनत सरकार पुनर्निमाणमा मात्रै होइन, स्वास्थ्य र शिक्षाका भौतिक पूर्वाधारमा खर्चनुपर्ने रकममा पनि असफल भएको छ

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार बिद्यालय तथा कलेज निर्माणमा छुट्टाएको २७ अर्ब रकम खर्च हुन बाँकि छ।

शिक्षामा ५३ अर्ब ६४करोड छुट्टाएकोमा अहिलेसम्म जम्मा २४ अर्ब ८० करोड अर्थात ४६ प्रतिशत मात्रै खर्च भएको छ । । यसमा पनि बिद्यालय तथा कलेजको भौतिक संरचना निर्माणका लागि छुट्टाएको रकम त जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । ।

यता राष्ट्रिय गौरबका भनिएका आयोजनाको काम पनि बेहाल अवस्थामा छ । कुल आयोजना २१ वटाका लागि यो वर्ष ९० अर्ब ९५ करोड छुट्टाइएको थियो । जसमध्ये खर्च चैत मसान्तसम्म जम्मा २७ प्रतिशत अर्थात लक्ष्यको ३० प्रतिशत मात्रै भएको छ ।

वर्षको ९ महिना बित्दा पोखरा बिमानस्थलमा ४ दशमलव ६५ प्रतिशत मात्रै बजेट खर्च भएको देखिन्छ । त्यस्तै मेलम्चीको पानी काठमाडौं आएपनि यो आयोजनामा याङ्ग्री र लार्के खोलाको पानी मिसाउने योजना अघि बढ्न नसक्दा ५ अर्ब २१ करोड छुट्टार्एकोमा ५९ करोड ९१ करोड मात्रै अर्थात लक्ष्यको जम्मा ३० प्रतिशत मात्रै खर्च भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi