neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

म्यानचेस्टर युनाईटेडको सहज जित

May 9th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २६

म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नांडीस ,मेसन ग्रीनवुडले र एडिनसन कावानीले एक-एक गोल गरे ।एस्टन भिल्लाको जेबर्ट्रान्ड ट्रोराले एक गोल गरे ।

खेलमा पहिलो अग्रता एस्टन भिल्लाले लिएको थियो । खेलको २४ औं मिनेटमा एस्टन भिल्लाका जेबर्ट्रान्ड ट्रोराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ५२ औं मिनेटमा युनाईटेडका ब्रुनो फर्नांडीसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ५६ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै युनाईटेडलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ८७ औं एडिनसन कावानीले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

खेलको ८९ औँ मिनेटमा एस्टन भिल्लाका ओली वाटकिन्सले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एस्टन भिल्ला १० खेलाडीमा सिमित बनेको थियो।

जितसंगै म्यानचेस्टर युनाईटेडले ३४ खेलबाट ७० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित एस्टन भिल्लाको ३४ खेलबाट ४८ अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi