neapl investment mega bank
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

May 9th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमा भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । नेकपा एमाले संसदीय दलको बैठक आज बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।