neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ८ हजार ८५० जनामा कोरोना सङ्क्रमण, ४०२२ जना डिस्चार्ज,८८ को मृत्यु

थप ८ हजार ८५० जनामा कोरोना सङ्क्रमण, ४०२२ जना डिस्चार्ज,८८ को मृत्यु

May 9th, 2021

काठमाडौ, बैशाख २६

आइतबार थप ८ हजार ८५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १९ हजार ३८७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ३८७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८१९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८८ हजार १६० जना छन् । हालसम्म २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४०२२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४०२२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख २ हजार ७८७ पुगेको छ ।

थप ८८ को मृत्यु

पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ७२० पुगेको छ।