neapl investment mega bank
  • गृहपृष्ठ
  • सांसदहरुले राजीनामा दिनेबारे नेपाल-खनाल समूहको बैठक बस्दै

सांसदहरुले राजीनामा दिनेबारे नेपाल-खनाल समूहको बैठक बस्दै

May 9th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २६

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।

साँझ शनिबार बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।