neapl investment mega bank
  • गृहपृष्ठ
  • अस्पताल र बेड निर्माणका लागि भनेर छुट्टाइएको १६ अर्ब, ९ महिनामा खर्च २ अर्ब

अस्पताल र बेड निर्माणका लागि भनेर छुट्टाइएको १६ अर्ब, ९ महिनामा खर्च २ अर्ब

May 9th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २६

सरकारले महामारीका समय भएकाले यो वर्ष पुरै बजेट स्वास्थ्यमा केन्द्रित गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माण र बेडका लागि भनेर छुट्टाएको रकम नै खर्चन सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यो वर्ष स्वास्थ्य मन्त्रालयलाई अस्पताल तथा बेड थप्नका लागि भनेर १६ अर्ब ९ करोड रकम बिनियोजन गरेको छ। तर स्वास्थ्य मन्त्रालयले अहिलेसम्म बिनियोजित रकमको जम्मा १२ प्रतिशत मात्रै खर्च गरेको छ । अर्थात वर्षको ९ महिना बित्दा सम्म अझै १४ अर्ब बराबरको रकम खर्च हुन बाँकि छ ।

यता जनता भने अस्पतालमा बेड , भेन्टिलेटर र अक्सीजन नपाएर मरिरहेका छन् । मन्त्रालय भने जनताले खर्च गर भनेर दिएको रकम समेत खर्च नगरि ढुकुटिमा थुपारेर राखेको छ । यसले सरकारको लापार्वाहि छताछुल्ल पार्छ ।

यती मात्रै होइन सरकारले स्वास्थ्य अन्र्तगतको चालु खर्च पनि खर्चन सकेको छैन । भौतिक संरचना निर्माण गर्ने बाहेक खोप , औषधी , तालिम तथा स्वास्थ्य जनचेतनाका लागि गर्नुपर्ने खर्च पनि गरेको छैन ।

यो वर्ष स्वास्थ्य मन्त्रालयले पाएको कुल बजेट ५८ अर्ब ९९ करोड । जसमध्ये औषधि खरिद तथा खोपका लागि लगायत कर्मचारीको भत्ताका लागि छुट्टाएको रकम ४२ अर्ब ८९ करोड हो । तर अहिलेसम्म जम्मा १६ अर्ब ९४ करोड मात्रै खर्च भएको छ । अर्थात ३९ प्रतिशत रकम मात्रै खर्च भएको छ। यता अस्पतालमा भने जनताले अक्सीजन पाएका छन् न त बेड नै । साथै देशमा अहिले आवश्यक पर्ने कोरोना बिरुद्धको खोपको पनि अभाव छ ।

हुनत सरकारले बिकास निर्माणमा गर्नुपर्ने खर्च नै गर्न सकेको छैन । सरकारले गत वर्ष भन्दा ९३ अर्ब बढि राज्व प्राप्त भएको गरेको छ। तर यहि वर्ष बिकास निर्माणका लागि भनेर छुट्टाएको रकम ३ खर्ब ५२ अर्ब मध्ये अहिलेसम्मम जम्मा २९.९६ प्रतिशत मात्रै खर्च गरेको छ ।

सरकराले बिकास निर्माणका लािग भनेर छुटाएएको रकम मध्ये जम्मा १ खर्ब ५ अर्ब मात्रै खर्च भएको छ । अब महामारी ब्यापक फैलिने ३ महिनामा सरकारले कसरी २ खर्ब ४७ अर्ब गर्न त असंभव नै देखिन्छ ।

सरकार जनतालाई सेवा दिने , बिकास निर्माण गर्ने भन्दा पनि प्रचारमूखि काम गरेर जनमत जुटाउने प्रयासमा छ । अझ सरकार सत्ता टिकाउने खेलामा लाग्दा जनताका आवश्यकता समेत ओझेलमा परेका छन् ।