neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

May 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २६ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथेम्प्टनलाई २-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र थियागो अल्कानटाराले एक-एक गोल गरे ।लिभरपुलले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ३१ औँ मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ९० औं मिनेटमा थियागो अल्कानटाराले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले ३४ खेलबाट ५७ अंक जोडेको छ र छैटौं स्थानमा उक्लिएको छ । पराजित साउथेम्प्टनको ३४ खेलबाट ३७ अंक छ १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi