neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तेस्रो स्थानको लेष्टर सिटी न्युकासलसँग पराजित

तेस्रो स्थानको लेष्टर सिटी न्युकासलसँग पराजित

May 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २५ वैशाख
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा न्युकासलले लेष्टर सिटीलाई ४-२ गोलले पराजित गरेको हो ।

न्युकासललाई जित दिलाउन क्यालम विल्सनले दुई गोल ,जो विलोक र पल डम्मेटले एक-एक गरे ।लेष्टर सिटीका मार्क अल्ब्राइटन र केलेचीले एक-एक गरे ।

खेलमा पहिलो अग्रता न्युकासले लिएको थियो । खेलको २२ औं मिनेटमा न्युकासका जो विलोकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३४ औं मिनेटमा पल डम्मेटले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ६४ औं मिनेटमा न्युकासका क्यालम विल्सनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।७३ औं मिनेटमा क्यालम विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

खेलको ८० औं मिनेटमा लेष्टर सिटीका मार्क अल्ब्राइटनले गोल गर्दै ४-१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ८७ औं मिनेटमा केलेचीले गोल गर्दै ४-२ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र न्युकासले जित निकालेको हो ।

जितसंगै न्युकासलले ३५ खेलबाट ३९ अंक जोडेको छ र १३ औं स्थानमा उक्लिएको छ । पराजित पछि पनि लेष्टर सिटीको ३५ खेलबाट ६३ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi