neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा

May 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २४ वैशाख

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड रोमासँग ३-२ ले पराजित भएको हो ।तर,समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाईनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा युनाईटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

बिहीबार राति भएको दोस्रो लेगमा रोमालाई जित दिलाउन एडिन डेको र ब्रायन रेनोल्ड्सले एक-एक गोल गरे ।रोमाले एक गोल आत्मघाती उपहार पाएको थियो । युनाईटेडका एडिनसन कावानीले दुई गोल गरे ।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो ।खेलको ३९ औं मिनेटमा युनाईटेडका कावानीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औं मिनेटमा रोमाका एडिन डेकोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ६० औँ मिनेटमा रोमाका ब्रायन रेनोल्ड्सले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर,६८ औं मिनेटमा युनाईटेडका कावानीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ८३ औं मिनेटमा युनाईटेडका एलेक्स टेलिसले आत्मघाती गोल गरे पछि रोमा ३-२ ले अघि बढ्यो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र रोमाले जित निकालेको हो ।

अब युनाईटेडले फाइनलमा भिल्ला रियलसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi