neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा पक्राउ

रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा पक्राउ

May 6th, 2021

काठमाडौं, बैशाख २३

रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले करिब ३० हजार रुपैयाँ मूल्य पर्ने ६ थान रेम्डिसिभिर इन्जेक्सन १ लाख २० हजारमा किनबेच गर्ने भनि बार्गेनिङ गरी बसुन्धाराबाट उनलाई उक्त रेम्डिसिभिर इन्जेक्सन सहित पक्राउ गरेको हो ।

मियाले काठमाडौं महाराजगञ्जस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि उक्त फर्मा सिल गरी हाल फरार रहेका दिपकको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi