neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ९ हजार ७० जनामा कोरोना सङ्क्रमण, २७०७ जना डिस्चार्ज,५४ को मृत्यु

थप ९ हजार ७० जनामा कोरोना सङ्क्रमण, २७०७ जना डिस्चार्ज,५४ को मृत्यु

May 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, बैशाख २३

बिहीबार थप ९ हजार ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २१ हजार १४२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ६८ हजार ५८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार १४२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३१४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ जना छन् । हालसम्म २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २७०७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २७०७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ९२ हजार ४९० पुगेको छ ।

थप ५४ को मृत्यु

पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ५२९ पुगेको छ।