neapl investment mega bank
  • गृहपृष्ठ
  • कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार,आइसियूबाट वार्डमा सारियो

कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार,आइसियूबाट वार्डमा सारियो

May 5th, 2021

काठमाडौ, बैशाख २२

पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आएको नर्भिक हष्पिटलले जानकारी दिएको छ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ , हष्पिटलले भनेको छ ।

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।