neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय युवासंघ ललितपुरद्वारा कोभिड-१९ विरुद्ध सचेतना अभियान

राष्ट्रिय युवासंघ ललितपुरद्वारा कोभिड-१९ विरुद्ध सचेतना अभियान

May 4th, 2021

काठमाडौँ, २१ वैशाख

राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय उपाध्यक्ष कमरेड क्षितिज थेवेको उपस्थितिमा आजबाट कोभिड-१९ विरुद्ध सचेतना अभियान शुरु गरेको छ। कोभिड-१९ को जोखिमलाई समेत ख्याल नगरी फ्रन्ट लाईनमा बसि अहोरात्र खटिरहेने ट्राफिक प्रहरी ललितपुर टिमलाई ट्राफिक प्रमुख मार्फत मास्क, सेनिटाईजर, मिनरल वाटर लगायतका सामाग्रीहरु हस्तान्तरण गर्दै सो अभियान शुरु गरिएको हो।

भोलिबाट आफु सुरक्षित हुँदै ललितपुरका विभिन्न स्थानहरुमा हेल्प डेस्क संचालन गरिने साथै कोभिड पिडीतहरुको उद्धार कार्यमा लाग्ने र विपन्न मजदुर वर्गलाई खाद्यान्न तथा अन्य सहयोगहरु प्रदान गर्ने कार्यमा लाग्ने निर्णय भएको छ ।