neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

May 4th, 2021

काठमाडौँ, २१ वैशाख /रासस

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्दै निशेषधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गर्नुभएको हो ।

“पछिल्लो समय कोरोना सङ्क्रमणका कारण थुप्रै यातायात व्यवसायी, मजदुर तथा यात्रु सङ्क्रमित हुनुका साथै थुप्रै व्यवसायी, मजदुर तथा यात्रुले अकालमै ज्यान गुमाएका छन् । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न सबैलाई आग्रह गर्दछु”, महासचिव सिटौलाले भन्नुभयो । उहाँले कोरोना सङ्क्रमणका कारण अकालमा ज्यान गुमाएका यातायात व्यवसायी मजदुर तथा यात्रुको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।