काठमाडौं, बैशाख २१
नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको नर्भिक इन्टरनेशल अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।