neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामको जित

May 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २१ वैशाख
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले जित निकालेको छ ।सोमबार राति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई मैदानमा २-१ गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे ।हावर्टजले दुबै गोल पहिलो हाफमा गरेका हुन् ।बर्नलीका क्रिस वुडले एक गोल गरे ।

खेलमा पहिलो अग्रता बर्नलीले लिएको थियो । खेलको १९ औं मिनेटमा बर्नलीका क्रिस वुडले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।तर,२१ औँ मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको २९ औं मिनेटमा माइकल एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र वेस्ट ह्यामले जित निकालेको हो ।

जितसंगै वेस्ट ह्यामले ३४ खेलबाट ५८ अंक जोडेको छ र पाँचौ स्थानमा छ । पराजित बर्नलीको ३४ खेलबाट ३६ अंक छ र १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi