neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली युवा उद्यमी मञ्चको सातौ पटक लिडर प्रोजेक्ट सम्पन्न

नेपाली युवा उद्यमी मञ्चको सातौ पटक लिडर प्रोजेक्ट सम्पन्न

May 3rd, 2021

काठमाडौ, बैशाख २०

नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्र्टन विश्वविद्यालयको आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’ को सातौ पटक आयोजना सम्पन्न गरेको छ । सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३०, २०२१ सम्म भएको थियो ।

कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो । सो कार्यव्रmमको उद्धेश्यअनुरुप बिजनेश ट्रेनिङ्गमार्पmत आर्थिक बिकासमा सघाउनु हो । ‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै निर्देशकहरु, विश्व प्रसिद्ध बिजनेश स्कुल, आईभिको बिशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ्ग पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु र्वल्ड क्लास रहेको जनाइएको छ । आईभि बिजनेश स्कुलले अन्र्तराष्ट्रियस्तरमा नेपाल लगायत अन्य सात वटा ठाँउहरुमा आप्mना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्पmत निर्देशककारुपमा पठाउने गरेको कुरा कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताउनु भयो ।

दुई हप्ताको ‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आप्mनो बिजनेश योजनाहरु, एक भव्य प्यानलको अगाडि प्रस्तुत गर्नु भयो । सो प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नता थियो । प्यानलका जजहरुमा आईभि बिशिष्ट स्कट मीखा लास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।

आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरु संस्था हो । उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उद्धेश्य सहित सदस्यतामा आधारित रहेको यो एउटा गैर नाफा अन्र्तगत पर्ने संस्था हो । नेपाली युवामाँझ विभिन्न कार्यक्रमहरु जस्तै आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ्ग, एडभोकेसि, आदिद्वारा उद्यमी र उद्यमशिलताको रचना गर्ने उद्धेश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग बाणिज्य संघबाट सेप्टेम्बर २६, २००३ मा भएको हो । नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्षसँग मेल खाँदै, यो बर्षको ‘लिडर प्रोजेक्ट’ का प्रायोजक एन.आइ.शिएशिया बैकं रहेको छ । नेपालको अर्थतन्त्रमा बिगत दुई दशकभन्दा बढी सेवा दिँदै आइरहेको ‘क’ बर्गको एन.आइ.शि एशिया बैकं, नेपालको अग्रज तथा प्रगतिशिल बैंकहरु मध्ये एक हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi