neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीले खोले नेपाल बैंकमा खाता

प्रधानमन्त्री ओलीले खोले नेपाल बैंकमा खाता

May 3rd, 2021

काठमाडौ, बैशाख २०

चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दे उक्त एपमार्फत नेपाल बैंक लिमिटेडमा अनलाईन खाता खोलेकाछन । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ ।

नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाईनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ । नेपाल बैंक लिमिटेडले देशभर रहेका २०७ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्गमार्फत् उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।