neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आज विश्व प्रेस स्वतन्त्रता दिवस

May 3rd, 2021

काठमाडौ, बैशााख २०

आज विश्व प्रेस स्वतन्त्रता दिवस । सन १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेयता राष्ट्र संघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ (यूनेस्को) को आह्वान र संयोजनमा विश्वभर सञ्चार जगतले आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको छ ।

यस बर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा “सूचना सार्वजनिक वस्तुको रुपमा” भन्ने राखिएको छ । यूनेस्कोका महानिर्देशक एण्ड्रि अज्योलीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दिनुभएको सन्देशमा यस वर्षको लागि तय गरिएको “सूचना सार्वजनिक वस्तुको रुपमा” भन्ने नारामा पुष्टि भएका र विश्वसनीय सूचनाको महत्व निर्विवाद रहेको कुरा अन्तरनिहित भएको उल्लेख गरेकाछन । उनले यस नाराले गलत सूचना र हानिकारक विषयवस्तुलाई सामना गदै सही सूचनाको उत्पादन र सार्वजनिकीकरण गर्नमा स्वतन्त्र र व्यवसायिक पत्रकारको अत्यावश्यक भूमिकामा ध्यानाकर्षण गर्न आह्वान गरेको बताएकाछन ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)संग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल(साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

आईएफजे दक्षिण एशियाका परियोजना संयोजक उमेश पोखरेलले दिनुभएको जानकारी अनुसार आज अपरान्ह १२ :४५ मा ट्रुथ इन अ टाईम अफ पेन्डामिक द भाईरल फ्रन्टलाईन नामक १९ औं दक्षिण एशियाली प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक हुनेछ । यस अवसरमा आइएफजेले एक भर्चुअल सामूहिक छलफलको कार्यक्रम पनि आयोजना गरेको छ । जसमा सुरक्षामा पाकिस्तानका अदनान रहमान र नेपालका संघर्ष पन्त, लैगिक विषयमा अफगानिस्तानकी फरिका नक्जाद र नेपालका उमेश पोखरेल, डिजिटल टान्सफरमेशनमा श्रीलंकाकी दिलरुक्सी हन्दुनेती र पाकिस्तानकी लुबन जेरार र नागरिक स्वतन्त्रताको बारेमा भारतकी सबिना इन्दरजित , श्रीलंकाका सुनन्दा देशप्रिया र मालद्धिभ्सका मोहम्मद हमदूनले बोल्नेछन ।

कार्यक्रममा प्रश्नोत्तरको सहजीकरण रजनिश भण्डारीले गर्नुहुने छ भने समापन ज्ञापन आइएफजेकी एशिया प्रशान्त निर्देशक जेन वर्थिड.टनले गर्नेछन । कार्यक्रमको सुरुआतमा परिचय र विषय प्रवेशपनि वर्थिड.टनले गर्ने र धन्यवाद ज्ञापन प्रतिवेदनका संपादक लक्ष्मी मूर्तीले गर्ने कार्यक्रम रहेको छ यो दक्षिण एशिया प्रतिवेदनमा नेपालको अवस्थालाई ६ पृष्ठमा विवेचना गरिएको छ ।

जसमा कठिन संघर्षले प्राप्त अधिकार कायम राख्ने कठिनाई, राजनीतिक एजेण्डाबाट छुट्दै गएको प्रेस स्वतन्त्रताको विषय, कोरोना संक्रमणको महामारीको असर, पत्रकारका अधिकारमाथि अतिक्रमण, संचार जगतको परिदृश्य, सामाजिक सञ्जालको गर्भमा महिला पत्रकारमाथि परेका असर, पारिश्रमिकको लागि संर्घष, विवादास्पद विधेयकहरु, राष्ट्रसंघीय मानवअधिकार परिषद्को आवधिक समीक्षा र नेपालमा मौजूद चुनौतीहरुको सामानाका विषयहरुलाई समेटिएको बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi