neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रोनाल्डो चम्किदा युभेन्ट्सको जित

May 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २० वैशाख

इटालियन सिरि (ए) फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । रोनाल्डोले दुवै गोल दोस्रो हाफमा गरेका हुन् ।उडिनेजेका नाहुएल मोलिनाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता उडिनेजेले लिएको थियो ।खेलको दशौं मिनेटमा उडिनेजेका नाहुएल मोलिनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफको ८३ औँ मिनेटमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्किए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को सहज जित दिलाए ।

जितसंगै युभेन्ट्सले ३४ खेलबाट ६९ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित उडिनेजेको ३४ खेलबाट ३९ अंक छ र ११ औं स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको ३४ खेलबाट ८२ अंक छ।दोस्रो स्थानको एट्लान्टाको पनि ३४ खेलबाट ६९ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi