neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनाको जितमा मेस्सीले गरे दुई गोल

बार्सिलोनाको जितमा मेस्सीले गरे दुई गोल

May 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २० वैशाख

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल र एन्टोइन ग्रिजमानले एक गोल गरे ।भ्यालेन्सियाका गेब्रियल पालिस्टा र कार्लोस सोलरले एक-एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भ्यालेन्सियाले लिएको थियो ।खेलको ५० औँ मिनेटमा गेब्रियल पालिस्टाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।तर, ५७ औँ मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा फर्किए ।

खेलको ६३ औँ मिनेटमा एन्टोइन ग्रिजमानले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।६९ औं मिनेटमा लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।

खेलको ८३ औँ मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले गोल गर्दै टोलीलाई ३-२ को स्थितिमा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितसंगै बार्सिलोनाले ३४ खेलबाट ७४ अंक जोडेको छ र तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३४ खेलबाट ७६ अंक छ । दोस्रो स्थानको रियलको पनि ३४ खेलबाट ७४ अंक छ । पराजित भ्यालेन्सियाको ३४ खेलबाट ३६ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi