neapl investment mega bank
  • गृहपृष्ठ
  • लाटोकोसेरो फुडले २४ सै घण्टा डेलिभरी दिने

लाटोकोसेरो फुडले २४ सै घण्टा डेलिभरी दिने

May 2nd, 2021

काठमाडौ, बैशाख १९

राजधानीमा पहिलो पटक २४ सै घण्टा लाटोकोसेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुराउने उदेश्य स्वरुप लाटो कोसेरो फुड सञ्चालनमा आएको हो । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उदेश्य रहेको छ । उपत्यकाका जुनसुकै स्थानमा लाटो कोशेरोले सेवा दिनेछ ।

रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिेनेछ । लाटो कोसेरो डटकमले आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटो कोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु कम्पनीको वेभसाईट अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिन्छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटो कोसेरोले उपत्यका को जनसुखै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकिस्सक, नर्स, ह्ेल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० प्रतिसत छुट दिने ब्यवस्था रहेको यँहाका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन ।