काठमाडौ, बैशाख १९
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरिएको छ । उनको नियुक्ति संगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ भने अर्कोतर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल भएकीछन ।
विगत एक दशकभन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फयाकल्टी अफ म्यानेजमेन्ट स्टडीज (एफएमएस) बाट एम.बि.ए सम्मको अध्ययन पुरा गनु भएको उहाँले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुुन । उनी यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्य गर्दै आएकी थिईन । उनको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्षजनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिम वर्कलाई विशेष महत्व दिन्छिन । उनकोे आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उनको प्रमुख कार्यकारी अधिकृतकोरुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने बिश्वास कम्पनीले लिएको छ ।