neapl investment mega bank
  • गृहपृष्ठ
  • तीन कार्यदिन मैं बीमा भुक्तानी प्रदान गर्ने मेट लाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रम

तीन कार्यदिन मैं बीमा भुक्तानी प्रदान गर्ने मेट लाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रम

May 2nd, 2021

काठमाडौं, बैशाख १९

कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा तीन कार्यदिन भित्रै दू्रतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । यस अन्तर्गत दावीकर्तालाई बीमा दावीकालागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्नेछन् ।

दू्रतमार्गी दावीकासाथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि तीन वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ । यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कल सेन्टरमा सम्पर्क वा ईमेल गर्न सकिने कम्पनीले जनाएको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन,“अधिकांश नेपालीहरुका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो । जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न हामीले आफ्नो जिम्मेवारीहरु गम्भिरताका साथ लिएका छौं र आशा राखेका छौं कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ ।”