neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको सहज जित

May 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत १९

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २-० गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन इडर मिलिटो र केसमिरोले एक-एक गोल गरे। रियल मड्रिडले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ७६ औँ मिनेटमा इडर मिलिटोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ८० औँ मिनेटमा केसमिरोले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित ओसासुनाको ३४ खेलबाट ४० अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi