neapl investment mega bank
  • गृहपृष्ठ
  • निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

Apr 30th, 2021

काठमाडौ, बैशाख १७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि (निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटिजिएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आवद्ध गराएको हो ।

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तिय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । यो सँगै दुुई लाख भन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फण्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ ।