neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ५ हजार ७२७ जनामा कोरोना सङ्क्रमण, ९२८ जना डिस्चार्ज,३३ को मृत्यु

थप ५ हजार ७२७ जनामा कोरोना सङ्क्रमण, ९२८ जना डिस्चार्ज,३३ को मृत्यु

Apr 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ वैशाख

शुक्रबार थप ५ हजार ७२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ९१६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ९१६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ जना छन् । हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ९२८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ९२८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको छ ।

थप ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म  नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २७९ पुगेको छ।