neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आर्सनल भिल्ला रियलसँग पराजित

Apr 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ वैशाख

युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आर्सनल भिल्ला रियलसँग पराजित भएको छ ।बिहीबार राति भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा आर्सनल भिल्ला रियलसँग २-१ ले पराजित भएको हो ।

भिल्ला रियललाई जित दिलाउन मनु ट्राइगुरोस र राउल अल्बियोलले एक-एक गोल गरे ।आर्सनलको निकोलस पेपेले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा मनु ट्राइगुरोसले गोल गर्दै भिल्ला रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २९ औं मिनेटमा राउल अल्बियोलले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५८ औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।आर्सनलका डानि सिबेलोसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको ७३ औं मिनेटमा आर्सनलका निकोलस पेपेले पेनाल्टीमा गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

खेलको ८० औं मिनेटमा भिल्ला रियल पनि १० खेलाडीमा समेटिएको थियो ।भिल्ला रियलका इटिन कापोएले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र भिल्ला रियलले जित निकालेको हो ।

अब दोस्रो लेग मे ७ मा आर्सनलको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi