neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

म्यानचेस्टर युनाईटेडको फराकिलो जित

Apr 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ वैशाख
युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको पहिलो लेगमा युनाईटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नांडीस र एडिनसन कावानीले दुई-दुई गोल गरे ।त्यस्तै पाउल पोग्बा र मेसन ग्रीनवुडले एक-एक गोल गरे ।रोमाको लोरेन्जो पेल्लेग्रिनी र एडिन डेकोले एक-एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।१५ औँ मिनेटमा रोमाका लोरेन्जो पेल्लेग्रिनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ३३ औँ मिनेटमा रोमाका एडिन डेकोले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ४८ औं मिनेटमा युनाईटेडका एडिनसन कावानीले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए । ६४ औं मिनेटमा कावानीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।

खेलको ७१ औं मिनेटमा ब्रुनो फर्नांडीसले पेनाल्टीमा गोल गर्दै टोलीलाई ४-२ ले अघि बढाए।७५ औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै टोलीलाई ५-२ ले अघि बढाए।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै टोलीलाई ६-२ को फराकिलो जित दिलाए ।

अब दोस्रो लेग मे ७ मा रोमाको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi