neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना घरेलु मैदानमा पराजित

Apr 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ वैशाख

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ग्रानडाले २-१ गोलले पराजित गरेको हो।

ग्रानडाको जितमा डार्विन माचस र जर्ज मोलिनाले एक-एक गोल गरेका थिए। बार्सिलोना लागि कप्तान लियोनल मेस्सीले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको २३ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६३ औँ मिनेटमा ग्रानडाका डार्विन माचसले गोल गर्दै खेल बराबरीमा फर्काए ।त्यसपछि खेलको ७९ औं मिनेटमा ग्रानडाका जर्ज मोलिनाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र ग्रानडाले जित निकालेको हो ।

जितसंगै ग्रानडाले ३३ खेलबाट ४५ अंक जोडेको छ र आठौं स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३३ खेलबाट ७३ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ । पराजित बार्सिलोनाको पनि ३३ खेलबाट ७१ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi