neapl investment mega bank
  • गृहपृष्ठ
  • निषेधाज्ञामा बैंक चार घन्टा खुला, सबैसाखा र एटिएम खुला

निषेधाज्ञामा बैंक चार घन्टा खुला, सबैसाखा र एटिएम खुला

Apr 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, बैशाख १६

सरकारले आजदेखि उपत्यकाको काठमाडौं भक्तपुर र ललितपुरमा निषेधाज्ञा लगाएको छ । यस्तो निषेधाज्ञा लागेको उपत्यका सहित अन्यमा जिल्लास्थित बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने बैंकुर्स संघले जनाएको छ ।

बुधबार राष्ट्र बैंक र बैंकरबीच बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति भएको छ। केही दिन हेरेपछि संक्रमणको अवस्था र ग्राहकको भिँडलाई आधार मानेर आवश्यक निर्णय लिइने बैकरहरु बताउँछन् । बैंकका सबै एटीएम सञ्चालन हुने र शाखा पनि सबै खुल्ने बैकसंं संघका अध्यक्ष भुवन कुमार दाहाल बताउँछन् ।

निषेधाज्ञाका बिचमा पनि बैंक तथा वित्त सस्था भने खुला हुन लागेका छन् । यस्तो बेलामा बैंकहरुले सकभर ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गरेका छन् । तर बैंकसम्म आएभने सबैखालका सुविधा दिने बैंकर्स संघ बताउँछ ।

दाहालका अनुसार बैंकसम्म आउने सबैलाई सबै खालका सुविधा दिइनेछ । अर्थात यो बेलामा पनि ऋण तथा निक्षेपका काम सहजै हुनेछन् । तर ऋण लिने जस्ता काम गरेर भिडभाड नगर्न बैसंको सुझाव छ ।

दाहालले भने ‘ हामीले यसअघि दिदै आएका कुनै पनि सेवा रोक्दैनौ, तर सकभर घरबाट नै कारोबार गर्न आग्रह गरेका छौ, दैनिक खर्च बाहेक अन्य खालका ऋणका लागि त ग्राहकहरु नै यस्तो बेलामा बैकमा आउनुहुन्छ भन्ने हामीलाइ लागेको छैन । ’