neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजी सिटीसँग पराजित

Apr 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ वैशाख

यूईएफए  च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा सिटीले जित निकालेको छ ।बुधबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले पीएसजीलाई २-१ गोलले पराजित गरेको हो ।

म्यान्चेष्टर सिटीलाई जित दिलाउन केविन डी ब्रुईन र रियाद महरेजले एक-एक गोल गरे ।पीएसजीका मार्क्विनहोसले एक गोल गरे ।

खेलमा पहिलो अग्रता पीएसजीले लिएको थियो । खेलको १५ औं मिनेटमा पीएसजीका मार्क्विनहोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६४ औँ मिनेटमा म्यान्चेष्टर सिटीका केविन डी ब्रुईनले गोल गर्दै खेल बराबरीमा फर्काए ।त्यसपछि खेलको ७१ औं मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ७७ औँ मिनेटमा पीएसजीका इद्रिसा गुएएले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र सिटीले जित निकालेको हो ।

अब दोस्रो लेग मे ५ मा इतिहाद स्टेडियममा हुनेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi