neapl investment mega bank
  • गृहपृष्ठ
  • सांसद हराएको भन्दै गण्डकी प्रदेशसभाको आपति

सांसद हराएको भन्दै गण्डकी प्रदेशसभाको आपति

Apr 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १५ वैशाख

राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।

संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।

मंगलबार संसदीय दलको बैठक बसेर अविश्वासको प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएको तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए । ‘हिजो एक भएर जाने निर्णय भएको थियो, आज के भएर आउनु भएन, कतै बिरामी पो हुनुभयो कि खोज्नुपर्‍यो’ उनले भनिन् ।